गीत

गीत सरिता खड्का January 13, 2024, 5:11 am

सरिता खड्का
सरिता खड्का
रूँदैमा आँशुु रित्तिने भए

नबोली संसार जितिने भए

आँशुको मुल सुकेर जान्थ्यो

मनको बेथा लुकेर जान्थ्यो

सक्दिन अब राखिन माग

यतिनै थियो दैवको भाग

गरिन लाग्छ मन दुख्ने कुरा

त्यही पनि किन मन भयो झुरा

यति छ एउटा मनको ईच्छा

बुझिन मैले मनको शिक्षा

अबको आश नहुने खास

सक्दिन बाँच्न बनेर लाश ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।