गजल

गजल राजु “हिमांशु” March 21, 2024, 3:47 pm

राजु “हिमांशु”
राजु “हिमांशु”
न्यानो स्पर्शमा आत्मीयता सर्दो रैछ

चोखो प्रार्थनामा ईश्वरीयता झर्दो रैछ

माया नै त रैछ सबै मान्छेले खोजेको

ऐस आराम ऐश्वर्य सप्पै नै छर्दो रैछ

भोगीले कसरी बुझ्थ्यो र अर्थ मायाको

भोगी मनमा मायाको अर्थै मर्दो रैछ

भोकै बसुलाँ तर माया नछुटोस् कहिल्यै

मायाले त भवसागर सजिलै तर्दो रैछ

बुझ्नेलाई त ‘राजु’ श्रीखण्ड हो नि माया

नबुझ्ने पनि मायाकै खोजमा चर्दो रैछ

-डाउहिल,खरसाङ,भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।