गजल

गजल काशीनाथ मिश्रित May 23, 2024, 10:43 am

काशीनाथ मिश्रित
काशीनाथ मिश्रित
मुटुभित्र मायालगायो कसैले

उहिल्यै मरेथ्यो जगायो कसैले !

अहो ! बज्र जस्तै कडा छातीमाथि

पगालेर आँसु बगायो कसैले

पटक्कै नडग्ने शिला झैँ बसेको

कठोर दुष्ट पत्थर डगायो कसैले

यसै खुम्चिएथ्यो व्यथा-वेदनाले

गरी जादु जम्मै भगायो कसैले !

उडेथ्यो नचिन्ने गरी रङ्ग दिलमा

बनाएर बुट्टा रँगायो कसैले

वितृष्णा, निराशा थिए जिन्दगीमा

हटाएर अमृत मगायो कसैले ।

(२०८१ जेठ ९ गते सिद्धिचरण स्मृति दिवस)

गुल्मी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।