गजल

गजल राजु “हिमांशु” May 23, 2024, 10:48 am

राजु “हिमांशु”
राजु “हिमांशु”
धेरै भयो सताउने तनाउ बोकेको

बेसरी मन दुखाउने घाउ बोकेको

मैले त खै उन्नति नै गर्नु भएन

देख्दछु डाह लड़ाउने दाउ बोकेको

जान्ने छन् धेरै मान्ने छैनन् कोही

रहेछन् सबै गुरुको नाउँ बोकेको

ढाँटहरूको खेल नै भएछ राजनीति

दादागिरीको सिङ्गो गाउँ बोकेको

अब कति हेर्छस् भन् त ‘हिमांशु’

अपठनले तेरो ज्ञानी ठाउँ बोकेको

डाउहिल, खरसाङ, भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।