गजल

गजल श्रवणकुमार ढुंगाना June 1, 2024, 3:46 pm

श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना
बरु शत्रुहरू मेरा अचेल मित्र हुन् झैं ब्यवहार गर्छन्

के शत्रुहरू सडकमा र मित्रहरू सरकारमा छन् ?

हाँगाबाट चुँडिएर सुकेको त्यो पातसँग आँशु मागेको छु,

हात खोजेको छु घामको, पाउमा मरुभूमि लम्पसार पर्छन् |

कायल थिएँ ती नखराको लाग्थ्यो ती ईश्वरका आभा हुन् ।

के थाहा चटकेहरू अँगालो केवल मार्नलाई पनि मार्छन् |

म सोँच्छु कहिलेकहीँ , माली हुनु हो या भवँरा हुनु हो प्रेम?

देख्छु यहाँ आलिशान जिन्दगी त प्लास्टिक मै प्रेम भर्छन् |

आशाका श्वास अनि , पहराका हातले अक्करमा छोडिगए

तैपनि अझै निदरीका आँगनमा यी आँखा सपना छर्छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।