गजल

गजल डिल्लीप्रसाद अधिकारी November 7, 2024, 3:29 pm

डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी
तिमी छैनौ र साह्रै साह्रै अतालिएँछु म

नितान्त कतै एक्लै एक्लै बरालिएँछु म।।

शब्दकै अनिकाल भोग्नुपर्दा सृजनामा

अचेल त आँसु आँसुले पखालिएँछु म।।

बाँचेको समय खै कस्तो छ भनौँ र अब

पीडाको भुक्तभोगी भएर समालिएँछु म।।

जस्तो देख्नु छ त्यस्तो क्यै देख्तिन अचेल

जिन्दगीबाट नै अचानक फुकालिएँछु म।।

अब सकियो रहर सबै एकलास मात्र छ

रमाइलो संसारबाट उ बेलै निकालिएँछु म।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।