गजल

गजल डिल्लीप्रसाद अधिकारी May 3, 2025, 8:16 am

डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी
घरिघरि आउने तिम्रै झझल्कोले जस्तो लाग्छ

एक्लै छु म छेउमा तिमी बोले जस्तो लाग्छ ।।

नखुलेका कुराकानी कत्ति धेरै यहाँ

सपनाको एकलासमा ख‍ोले जस्तो लाग्छ ।।

नजिक आउ अझै नजिक भनी रा´छु सधैं

केले हो कि माया हाम्रो बिथोले जस्तो लाग्छ ।।

हिजो राति सम्झनामा जागै बसेपछि

सपनामा नदेखेको अनिदोले जस्तो लाग्छ ।।

तिमीलाई अँगालेको रुमानी होस् बेला

जिन्दगीमा मीठा कुरा घोले जस्तो लाग्छ ।।

बिना शब्द एकोहोरो तस्बिर हेर्दै रुने

आफ्नै बानीले नै मलाई पोले जस्तो लाग्छ ।।

कुरा गर्ने साधनहरू केही छैनन् अहिले

सम्झनाले जिन्दगानी मोले जस्तो लाग्छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।