गजल

गजल अनामिका May 24, 2025, 8:02 am

अनामिका
अनामिका
एउटा कलम उपहार पठाइदेऊ न सानु

विरहको पीडा पोख्छु सुनिदेऊ न सानु ।

पुग्यौं तिमी कोशौ टाढा सपनीमा आउछौं सधै,

मनको कथा लेख्छु मैले बुझिदेऊ न सानु ।

छिट्टै आउछु लिन भनी छाडिगाथ्यौं एक्लै,

कसूर मेरो के नै थियो भनीदेऊ न सानु ।

सबको जोडी सँगै देख्दा डाहा हुन्छ मलाई,

भक्कानिएर फुट्छ मुटु थुनिदेऊ न सानु ।

तिमी त्यता म यता जीवनभरि यस्तै होकि,

साँच्चै माया गर्थ्यौ कि नाइ, बताइदेऊ न सानु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।