एकदिन त्यही महासागरका राता शार्कहरू अप्रत्याशित रूपमा डल्फिनहरूको शान्तिमय राज्यमा आइपुगे। डल्फिनहरू खुशी भएर अतिथि सत्कारमा व्यस्त भए। उनीहरूले शार्कहरूलाई पनि आफ्नै सन्तान मान्दै आइरहेका थिए। तर शार्कहरूको मनसाय भने अर्कै थियो। शार्कहरूले उनीहरूलाई कुनै घोषणा बिना नै चाँडै बन्दी बनाए। यद्यपि उनीहरूले जसोतसो गरेर भए तापनि आफ्नो गुरुलाई त्यहाँबाट भगाउन सफल भए।
एउटा रहस्यमय कुरा के थियो भने ती बन्दी डल्फिनहरूले कारागारभित्र कहिल्यै विद्रोह गरेनन्। उनीहरू शार्कहरूद्वारा गरिएका उत्पीडन सहदै मौन बसिरहे। तर एकदिन उनीहरूले कारागारभित्रै सामूहिक देह त्यागे।
दार्जीलिङ