गजल

गजल डिल्लीप्रसाद अधिकारी August 14, 2025, 6:09 am

डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी
मनको व्यथा आँखाबाट बगाएर गयौ

गयौ कि त मेरो माया अघाएर गयौ

मीठा कुरा गर्दा गर्दै अनायासै तिमी

भन अब कतातिर हराएर गयौ

सुख दुःख जिन्दगीका पीड़ाहरु पनि

सहन्छु म भन्थ्यौ आज डराएर गयौ

सन्देश केही अब उसो आउँदैन भन्दै

पिरतीको बाजी मलाई हराएर गयौ

हुन्छ यही वेदना नै मेरो लागि भयो

डिल्लीप्रसादलाई राजी गराएर गयौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।