हामी युद्ध जित्न जित्छौं
अनि साथीहरू गुमाउँछौं।
कतिपयले पद पाउँछन्
शक्ति र सम्पति जमा गर्छन्
तर शान्ति र समय गुमाउँछन्।
तिनीहरूले जे शुरू गरे
तिनीहरूले नै समाप्त गर्नुपर्छ
त्यो हो उत्तरदायित्व।
केही क्रान्तिहरू प्रताड़ितले होइन
अपितु प्रताड़कले नै
सुरु गर्नुपर्ने हुन्छ|
अमृतकालका मानिसहरु
किन यत्रो बेसी
विष उगेल्ने गर्छन् ?
विश्वासको महोत्स्व मनाउँदैगर्दा
किन कोही हरदम
मार्न तयार छन्?
प्रतीक्षा गर्नु तब लायक छ
यदि साँच्चै
भाग्यको निर्धारण हुन्छ भने।
म घेरा देख्छु वरिपरि
मात्र मलाई घेर्ने
मेरो विचार र इच्छालाई होइन।
तिनीहरू मलाई समात्लान्
र बन्धक बनाउलान्
तर मेरो उद्देश्यलाई होइन।
त्यसैले, हे मेरो प्रताड़क!
सचेत रहनु होला
तिम्रो युद्ध हो तर म जित्छु।
गान्तोक (सिक्किम)