गजल

गजल काशीनाथ मिश्रित December 1, 2025, 4:37 am

काशीनाथ मिश्रित
काशीनाथ मिश्रित
उच्चताको अपेक्षा हो तर तिमी साधा भयौ

बन्नुपर्ने दोसल्ला हो किन लुरे खादा भयौ?

चाहन्थेँ म मेरो लागि रुक्मिणी नै बनीदेऊ

कल्पनामा डुब्दै थिएँ तर तिमी राधा भयौ !

सिङ्गो जिन्दगीमा तिमी सिङ्गै हुनुपर्ने थियो

अचानक बिचमा आई आज किन आधा भयौ ?

हृदयकी मालिक्नी हौ भन्ने ठानी दिल दिएँ

धोखा भयो यथार्थमा अर्कैको पो बाँधा भयौ!

मनमन्दिरमा सजाएर पुजारी भै पूजा गरेँ

पाप लाग्यो मुटुभित्र तीर हान्ने व्याधा भयौ !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।