म, म जस्तो छैन

कविता आर. एल. श्रमजीवी December 11, 2025, 9:41 am

आर. एल. श्रमजीवी
आर. एल. श्रमजीवी
समयले धेरै कुरा सिकायो

सबै कुरा सहज भएर होइन

कतिपय घाउहरु निको भएनन्

तर, तिनैले बाँच्न सिकाए ।

पहिले यस्तो लाग्थ्यो,

हृदयले जसलाई जति प्रेम गर्छौ

उसले त्यति नै त्यसैगरी महसुस गर्छ

तर समयले बुझायो

महसुस सधैं बराबर हुँदैन ।

अब बुझे,

समयले सबै कुरा बदल्दैन

तर मानिसलाई बदल्छ

“म“ नै अब पुरानो म जस्तो छैन

आफैंमा थोरै शान्त छु ।

धेरै बिर्सिसके,

थोरै बाँकी छन् बिर्सन

तर बिर्सनु भन्नू भुल्नु मात्रै होइन

शान्त स्वीकार पनि हो

छन् केही कुरा,

जो अब आफैं भित्र बाँच्ने छन्

मर्ने छन् त मै सँगै ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।