सम्बन्ध

कविता अर्जुन चामलिङ यावा December 29, 2025, 8:15 am

अर्जुन चामलिङ यावा
अर्जुन चामलिङ यावा
हरेक साँझ

मेरो गाउँकै सिरानबाट उदाउँछ

तिम्रै गाउँमा उदाउने जून।

त्यही जूनको सिरानी लाएर

निदाउँछ मेरो गाउँ।

आकाशमा जून उदाएसँगै

तिमी टुप्लुक्क आइपुग्छौ मेरो सम्झनामा।

जूनको प्रकाशजस्तै इमान्दार छ तिम्रो सम्झना

त्यही सम्झना साँचेर निदाउँछु म

एउटा सुरक्षित रात।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।