कोही पिउँछ रक्सी हेर कोही पिउँछ जल
स्वस्थ शुद्ध खानपाले दिन्छ सबलाई बल
अपाच्य ग्रहण गर्दा बढ्छ शक्ति नभै मल
कुसङ्गतले हिडाउँने हो कुलतको बाटो
सुसङ्गतलाई खोजी बसौ कुलतको साटो
लोभ मोह व्यभीचार दुखका हुन् कारण
जानी बुझी जो कोहीले गर्नु हुन्न धारण
नैतिकता ठूलो धन नैतिकवानले दिन्छ
नैतिकवानको सङ्गतले स्वर्ग पनि किन्छ
यो संसार अडेको छ नैतिकताको बलमा
सङ्गति हौ सबै जना नैतिकवानको साथमा
बाल्मीकिको इतिहासमा हुन् डाँका रत्नाकर
रत्नाकरले लुट्न खोज्दा नारद भए साक्षत्कार
एक क्षणको सङ्गत भयो नारद – रत्नाकर
डाकु बन्छन् बाल्मीकि क्षणिक सङ्गत सार
बुद्धत्वको अमृत बचन सङ्गतीले मिल्छ
बुद्धबन्न सक्छन् उनी जो बुद्धरसले टिल्छ
बुद्धरस छाडी छाडी जो सोमरसमा लाग्छ
सङ्गतिले दाग्छ जीवन अरिङ्गालले खिल्छ
सुधामय जीवन बन्छ गृह्य मन्दिर बन्छ
लक्ष्मीरूपी पत्नी बन्छिन् शान्तिदीप बल्छ
मनरूपी मन्दिरमा ईश्वरको नै बास छ
दिनरात यिनकै सङ्गत स्वर्ग यहीं झर्छ