गजल

गजल नवीन पौड्याल February 7, 2026, 11:57 pm

नवीन पौड्याल
नवीन पौड्याल
यसपालिको भोट कसलाई हो सोद्दैछन् जनता

जसलाई दिए पनि उस्तै हो,ठान्दैछन् जनता।

वर्षैपिछे भोट आउँछ नयाँ नयाँ नारा लिएर

जुनै जोगी आए पनि कानै चिरेको,मान्दैछन् जनता।

सिद्धान्त सबैको उही हो, घोषणापत्र उस्तै उस्तै

जता जता भीड देखिन्छ, उतै उतैकुद्दैछन् जनता।

प्रजातन्त्रको मूल मन्त्र चुनाव गर्नै पर्नेअरे

प्रजा नै शक्ति तन्त्र हो र? विचार्दैछन् जनता

जतै भोट दिए पनि दुनो त आफ्नै सोझ्याउने हुन्।

जनतैलडाउने खेल मात्रै, ठम्याउँदैछन् जनता।

भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।