गीत

गीत मणिका शर्मा July 7, 2026, 12:08 am

मणिका शर्मा
मणिका शर्मा
जाने मैले के हो माया छुटेर गएपछि

जाँदा जाँदै मायाले सबै लुटेर गएपछि ।

धिक्कार लाग्छ आफैसँग कसरी फँसेछु म

पखेटा बाँधी त्यो पिन्जड़ामा कसरी पसेछु म ।

विश्वासका तार फेरि पनि नमीठो टुटेपछि

मलाई हेर्दै मेरै ऎना लाजले फुटेपछि ।

जाने मैले के हो माया छुटेर गएपछि

जाँदा जाँदै मायाले सबै लुटेर गएपछि।।

गाह्रो रहेछ सङ्ल्याउन मैलो मन र तनलाई

यो जूनी छोड़ी फेरि जन्मुँला म चोखो हुनलाई ।

चिसिन्छ मुटु मान्छेलाई मान्छेले लुछेपछि

मेरो यो चोखो माया पनि स्वार्थमा मुछेपछि ।।

जाने मैले के हो माया छुटेर गएपछि

जाँदा जाँदै मायाले सबै लुटेर गएपछि।।

गान्तोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।