गीत

गीत सुजन विश्वकर्मा August 22, 2026, 5:11 pm

सुजन विश्वकर्मा
सुजन विश्वकर्मा
यो मनले तिमी सँग बिताएका पल गन्दै थियो !

ओठले जाउ भने पनि मुटुले पर्ख भन्दै थियो !

माग्दिन अन्तिम उपहार एकपल्ट हेरिदिए पुग्छ ।

तिम्रो न्यानो अङ्गालोमा मायाले बेरिदिए पुग्छ ।

कहिले उज्यालो हुनु कहिले अँध्यारो हुनु !

दुनियाले जेसुकै भनोस् सबैको प्यारो हुनु !

खुसी हुन एउटै कारण काफी छ धेरै हुनुपर्दैन ।

तिमीलाई सधैँभरि रमाएको हेर्न मेरै हुनुपर्दैन ।

तिमी ऋतु जसरी गयौ मैले रोक्नै सकिनँ !

हुँदाहुँदै पनि मनभरि माया पोख्नै सकिनँ !

यो मनले तिमी सँग बिताएका पल गन्दै थियो ।

ओठले जाउ भने पनि मुटुले पर्ख भन्दै थियो ।

हेटौँडा - मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।