गीत

गीत सुजन विश्वकर्मा September 3, 2026, 12:02 am

सुजन विश्वकर्मा
सुजन विश्वकर्मा
लड्दा पनि तिम्रो म बन्न पाउँ ।

उठ्दा पनि तिम्रो म भन्न पाउँ ।

तिमी भैदिए पो लडेपनि दुख्दैन,

लडेको दुःखले मेरो मुटु चुब्दैन ।

जाडो बढे छातीमा मायाले सेक्न पाउँ ।

निदाउँदा तिमी सपना मैले देख्न पाउँ ।

प्रितीमा उदाउने कहिल्यै डुब्दैन,

लडेको दुःखले मेरो मुटु चुब्दैन ।

चोखो पिरती छुपाएर छुप्दैन ।

लडेको दुःखले मेरो मुटु चुब्दैन ।

हेटौँडा - मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।