गजल

गजल डा. बच्चु कैलाश कैनी September 16, 2026, 4:57 pm

डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी
तिमी मेरी हौ भन्ने भावना बढ्दै छ

झन् नजिक हुने चाहना बढ्दै छ

यो मनको कुरा त्यो मनले सुन्छ

त्यसैले तिम्रो सम्झना बढ्दै छ

तिम्रो रुप र ढंगको प्रशंसक हुँ म

म पनि त्यस्तै हुने साधना बढ्दै छ

पूजा गरे यहाँ मुर्ती पनि खुसी हुन्छन

तिमीलाई पाउने आराधना बढ्दै छ

सुनें तिम्रो मन पनि यतै ढल्केको छ

तिमीबाट नै मलाई प्रेरणा बढ्दै छ।

डार्टफोर्ड, बेलायत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।