गजल

गजल सुजन विश्वकर्मा September 29, 2026, 1:06 am

सुजन विश्वकर्मा
सुजन विश्वकर्मा
नाडीका ती फुटेका चुरा देखेर मौन छु ।

आफ्नाकै बगलीमा छुरा देखेर मौन छु ।

आजकल नाताको कुनै पर्वाह छैन,

तर सडकहरुमा टुहुरा देखेर मौन छु ।

थाहा छैन मानिस किन घमण्ड गर्छन्,

चितामा जलेको दाउरा देखेर मौन छु ।

आँसु पिउन, ठक्कर खान बाध्य छन्,

यहाँ खेर गएको चिउरा देखेर मौन छु ।

हेटौँडा - मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।