18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रमोद अमात्य January 29, 2016, 10:46 pm

तिमी बिना ज़िन्दगी यो, जिउन साह्रो भो

जीवनका पाइलाहरू अब, चाल्न गाह्रो भो

तिमी हुँदा मन भरी, उमंग र उल्लास

जीवनका पलपलमा, आनन्दको आभास

तिमी थियौ मेरा लागि, गुराँस र सुवास

ज़िन्दगीमा जताततै, बसन्त र बहार

तिमी गयौ ज़िन्दगी भो, उजाड र उदास

छाएकोछ जताततै, अध्यारो र निरास

उराठ लाग्दो दिन अब, बिताउँ कसरी

कहाली लाग्दो रात अब, कटाउँ कसरी

तिमी बिना ज़िन्दगी यो, जिउन साह्रो भो

जीवनका पाइलाहरू अब, चाल्न गाह्रो भो

क्यालिफोर्नीया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।