18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रमोद अमात्य April 14, 2016, 10:48 pm

जीवनको हर यात्रामा

साथ तिमी हिँड्नु

उकाली र ओरालीमा

हात तिमी दिनु

कहीँ कतै हराएँ भने

खोज्न तिमी आउनु

कहीं कतै बिराएँ भने

माफ तिमी दिनु

लड्न खोजेँ कतै भने

थाम्न तिमी आउनु

हिँड्दा हिँड्दै थाकेँ भने

सुस्ताउँदा आउनु

जीवनको हर यात्रामा…

साउने झरीमा

संगै रूझ्न आउनु

अँधेरी रातमा

जूनसंगै आउनु

पिरतिका गीतहरू

गुनगुनाउन आउनु

मायालु अँगालोमा

सधै बाँध्न आउनु

जीवनको हर यात्रामा

साथ तिमी हिँड्नु

उकाली र ओरालीमा

हात तिमी दिनु

क्यालिफोर्निया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।