तिमी बिना ज़िन्दगी यो, जिउन साह्रो भो
जीवनका पाइलाहरू अब, चाल्न गाह्रो भो ।
सबै छन् यहाँ, मात्र तिमी छैनौ
सबथोक छ, तर केही बाँकी छैन
जूनेली रात छ, तर छैन कतै जून
तिमी बिना बाँच्ने, कुनै रहर छैन
तिमी गयौ जीवनमा छायो कालो बादल
पूर्णीमाको रातमा पनि छैन अब शीतल
पिरतिका ती पलहरू अब बिर्सौ कसरी
मिलनका ती क्षणहरू भन भुलौं कसरी
बिराना दिनहरू अब बिताउँ कसरी
कहालिंदा रातहरू झन कटाउँ कसरी
तिमी बिना ज़िन्दगी यो, जिउन साह्रो भो
जीवनका पाइलाहरू अब, चाल्न गाह्रो भो ।।
California, USA