17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रमोद अमात्य July 22, 2016, 1:33 pm

जीवनको गोरेटोमा आउ संगै हिडौं

सधैं साथ हिँडिरहेने कसम पनि खाऔं

हिलो छ्याप्दै रोपाइँ खेल्यौं कहिले

साउने झरी संग संगै रुझ्थ्यौं पहिले

जीवनका उकालीहरू आउ संगै उक्लौं

देउराली डाँडामा गीत प्रितको गायौं

जूनेली रातमा लुक्दै पनि नाच्यौं

भञ्ज्याङे चौतारीमा आउ संगै बसौं

केही मेरो केही तिम्रो हठ हामी छोडौं

तिम्रो मेरो बाटो अब एकै ठाउँ जोडौं

त्यही बाटो हामीदुई हात समाई बढौं

जीवनको गोरेटोमा आउ संगै हिडौं

सधैं साथ हिँडिरहेने कसम पनि खाऔं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।