18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रमोद अमात्य July 13, 2017, 11:26 pm

मलाई रहर छ आफ्नै गीत सुनाउने

मनको कुरा सुस्तरी गुन् गुनाउने

मलाई रहर छ ढकमक्क फुल्ने फल्ने

रहर छ समय मै सुटुक्क झर्ने

म झरेकोमा कसैलाई गुनासो नहोस्

म चुँडिएकोमा कसैलाई चासो नहोस्

म चाहन्छु एक्लै एक्लो हिँड्न

चाहन्छु हिँडिरहन, हिँड्दा हिँड्दै हराउन

म एक्लै हिँडेकोमा सुर्ता नगरुन् कोही

म हराएकोमा खोज्दै पनि नआउन् कोही

मलाई रहर छ आफ्नै गीत सुनाउने

मनको कुरा सुस्तरी गुन् गुनाउने

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।