19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रमोद अमात्य October 20, 2017, 3:54 pm

नेतालाई गाली गर्ने नेपाली पन गजब कै हुन्छ

नेता सामु पाउँदा गाउने भजन गजब कै हुन्छ ।

फताहा लुच्चा छुच्चालाई गाली नगर तिमी

यिनीहरु कै सरकारमा जाने लगन गजब कै हुन्छ ।

भन्नलाई देश बिगार्नु बिगा-यो नेताले भन्छौँ

चुनावमा पटके कै जित झन गजब कै हुन्छ ।

संसदमा कुकुर बिरालो जस्तै लड्ने पनि

भत्ता सुबिधा बढ्ने भए आलिंगन गजब कै हुन्छ ।

कोहि आफूलाई गुरु, बाबा अनि साधु भन्छन्

लोभ लालच मोह छैन भन्ने कै धन गजब कै हुन्छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।