18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रमोद अमात्य March 30, 2018, 2:06 am

परदेशीको पिडा

बुझ्दैनन् खै कोही ।

बित्ने भो कि जीवन

ब्यर्थ यत्ति कै रोई ।।

तातो हावा खाडीको

तातै पोल्ने बगर ।

कति सहनु मैले

बगरको कहर ।।

बाकसमा पर्छु कि

सम्झी अलि तर्सन्छु ।

मन दरो पारेर

डर लाई भगौँछु ।।

आएँ भने बाकस्मा

आँशु तिमी नझार्नु ।

भाग्य यस्तै रहेछ

भनी मन बुझौनु ।।

कथा ब्यथा मनको

कसैलाई नभन ।

नियतिले मिलाए

पक्कै हुन्छ मिलन ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।