18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चाहिन्न मलाई मृत्युको मलामी

कविता शिलु शर्मा February 16, 2024, 12:09 am
शिलु शर्मा
शिलु शर्मा

जिउँदो छँदा, सच्चा मनले बोल
उदार हृदयले, मेरो अवस्था स्विकार
दिन्न तिमीलाई केही दुःख जानी जानी
त्यति गर्दा पनि बुझ्दैनौ भने
न आउनु बनेर शोकका मलामी ।

झुठो आँसु नदेखाउनु, न सम्झिनु मलाई
निस्वार्थ माया गर्दा पनि
कहिले जस नदिएपछि
मेरो मृत्यु शयाको वरपर नआउनु
मेरो मृत शरिरलाई शान्त्वना नदिनु ।

केही गल्ती नहुँदा पनि
बाचुन्जेल देख्न सकेनौ
लाखौ बिन्ती गर्दा पनि
मलाई आफ्नो सोचेनौं
कहिले कठोर बृद्ध र आफन्त बनेर आयौ
कहिले कठोर मालिक बनेर आयौ
जिउँदै बिना गल्ती मुटु चिरा चिरा पारेर पनि
मलाई नै बेइमान बनाए पछि
किन मेरो चिता वरिपरि
देखावटी शान्त्वना लिएर आउछौ ?

तिमी नहेर मेरा निर्जीव आँखा
जसलाई बाचुन्जेल ओभाउन दिएनौं
सजिव हुँदा आफ्नो दुस्कर्मसँग नडराउने तिमी
मेरो टुक्रिएको मुटु अग्नि गमन गरेको
हेर्न नआउ ।

सजीव सत्यमार्गीसँग नडग्ने तिमी
कम्जोर बेला तुच्छ कर्म गर्ने तिमी
किन आयौ यो देह जलेको हेर्न
देखावटी आँसुका फोहरा निकाली

के तिमीलाई पनि निर्जिव लासहरुसँग डर छ ?
मृत्यु पछिको हिसाबसँग डर छ ?

भो उतै हुनेछ हिसाब सही र कुकर्मको
नआउ मेरो बिक्षिप्त आत्मा र शरीर जलेको हेर्न ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।