जब विवस धर्तिले सहन गर्छिन, ब्रह्माण्ड चलिरहन्छ,
निस्फिक्री, निसन्कोच अनि निर्भएपूर्ण भएर,
तब कहिले कहिँ शक्तिशाली पुरुष उभिन्छ,
रक्षक, आँट अनि साहस बनेर ।।
जब नारी रुपि धर्तीले,
बनाउन खोज्छिन उर्वर समय,
तब, कुनै एक समय, मित्रवत सच्चा पुरुष आउँछ,
सृष्टिको अर्को पाटो आकाश बनेर ।
जब धर्तीले गुन्जाएस पोख्छिन् ,
कर्तब्य बिमुख आकाशप्रति,
आफ्नो बीज अंकुराउन, जटिलता प्रदान गर्ने
दुष्ट समय र बर्खामा पानी पर्न बिर्सने समयप्रति ।
तब ,
संकटमा धर्तिले कम्पन दिन्छिन्,
सारा प्राणी जगतमा त्रास भर्छिन्,
र आफ्नै मनले पुकार्छिन, डर लाग्दो जघन्य बिनाशप्रति
सजग बनाउन आफ्नै सन्तानलाई सुरक्षा दिन
बेला बेला यो डर मनासिब मान्छिन ।
जब अनन्त आकाशले धर्तीको आत्मियता
मनन् गर्न सक्दैन तब,
गर्जन्छ, चम्कन्छ अनि बादलका
भुमरीसँग पौंठेजोरी खेल्छ,
धर्तीमा अवसाद र तिक्तता सृजना गर्छ,
तब पनि एक समय, धर्तीले कुनै प्रतिकृया नदिई
सहन गर्छिन् त्यो प्रलय काल,
जुन समय त्यो पुरुष आफ्नै छाँयाको रुपमा
आएको हुन्छ,
देखावटी मायाको रुपमा आएको हुन्छ ।
अझ बढी मौन बन्छिन धर्ती,
त्यो समय
जहाँ प्रलयकारी पुरुष रुपि आकाश,
आफ्नै गुरु बनेर उभिन्छ,
आफ्नै पिता बनेर उभिन्छ,
आफ्नै पती र रुष्ट आफन्त बनेर उभिन्छ,
त्यो भन्दा बढी आफ्नै मन, जीवन र समयको
नमिठो घाउ बनेर उभिन्छ ।
तथापि सहनशिल धर्तीले आउने समयलाई
प्रलयकारी आकाशरुपी पुरुषलाई,
जसो तसो आत्मसात गर्दै घाउ लुकाउदै
सन्तानको निमित्त जीवन्त रहने प्रयास गर्छिन्,
र पनि एउटा अर्को कठोरता सहन सक्दिनन्,
तब,
जब एउटा मानवताहिन पुरुष कर्मलाई
अर्को एउटी नारी पात्रले भरपुर निर्दोष
दयालु बनाउन लाग्छिन,
आफ्नो आँचलले छोपेर निसन्देहः
अज्ञानता र बद्नियतको रक्षा गर्न पुग्छिन् ।
र, निरीह समय उभिन्छ,
बेवारिसे लास भएर
कर्तव्य बिमुख शक्तिशाली पुरुषको अघिल्तिर ।
हालः भक्तपुर, दोलखा