18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शान्ति, युवा र अमृतवाटिका

कविता शिलु शर्मा March 14, 2024, 5:09 pm
शिलु शर्मा
शिलु शर्मा

सबैतिर सुन्दर हराभरा वाटिका

सुन्दर शान्त र दिव्य अनुपम छ्टा

सम्पूर्ण गोरेटो भरी शितल चौतारी,

प्रेमिल पाइला परेको गोरेटोका निसानी ।।


खोज्दा पनि पाइदैनन इर्ष्या अनुरागी

जताततै पवित्र इशका मनोहर आकृती

गर्छन पूजा अन्य प्राणीको खुसीको

शान्त शौम्य चित्रण प्रकृतिको ।।


यता हेर्छु सुन्दर मुस्कान, हेरेर नपुग्ने

उता देख्छु सुन्दर दृश्य मन नभरिने

मन्द मुस्कान भित्र जादु छ मायाको

सानो देह भित्र बिचित्र स्थान छ स्नेहको ।


रिस राग देखिन्न कतै, सुवास फुल्छ पसिनाको

परिश्रमिका पाइलाले सिन्चित छ माटो धर्तीको

आफू भोको बसेर पनि लोकको गर्छ चिन्ता

अमूल्य जीवन फुलाउन प्रदान गर्छ सुभेच्छा

पाइन्न पुन: यो देह भनेर, गर्छ भक्ति इशको

सच्चा मनबाट हरदम लेख्ने गर्छ चित्र इमानको

कति सुन्दर सरोवर, मेहनत र पसिनाको

बिचरण गर्न पावोस् पौरखीले आफ्नै मातृका किन्नरीको

आफ्नै सृष्टिका स्वर्णिम आकृतिको ।


पुर्खाको रगतले सिंचित माटोलाई

छोड्न नपरोस युवाले श्रम खोज्नलाई

बलिरहोस दिव्य भूमी, उन्नतिको ज्योतिमा

लम्किरहोस् नवयुवाको पाइला देश सिंगार्ने मार्गमा

श्रमजीवी पलायन हुन नपरोस पराइ भूमिमा,

शान्ति भुमी एक्लिन नपरोस आफ्नै सन्तानको शुन्यतामा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।