17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुन्दर शहरका कुरुप सालिकहरु

कविता शिलु शर्मा April 14, 2024, 2:47 pm
शिलु शर्मा
शिलु शर्मा

यहाँ हरदम हरपल एक इमान्दार मानिसले
सहादत प्राप्त गरीरहेको हुन्छ,
निरीह सज्जन टोलाउँछ,
आफू जिउदै हुँदा बनेको
आफ्नो शालिक देखेर !!

किनकी यो शहर हो,
यहाँ नाता सम्बन्ध आफन्त सबै
धन हुँदा र काम पर्दा मात्र अप्नाइन्छन,
काम पर्दा जुगौं देखिको एउटै भएको
कुटिल नाटक गर्दै आफ्नै हुनुको आभास
दिलाउने त्यो शहरीया खै,
त्यो ठूलो दुर्घटनामा नामो निशान देखाउदैन,
त्यसैले यो कंकृटको मुटु भएकाहरुको
मनोकृडा स्थलमा सज्जन हरदम टोलाउछ
आफ्नो शालिक देखेर ।।

यो शहर हो,
हिजो तामझाम ले पढेकी बुहारी भित्राउनेहरु
आज दाइजो कम भयो भनेर रातभरी मुद्दा बुनेर
बसेका छन,
त्यो पार्टीमा छमछमी नाच्नेहरु भोलि न्यायालयमा
भन्न जानेछन,
श्रीमान् ,हाम्रो छोरा,दौलत अनि इज्जत सबै लुटीयो
भनेर,
जहाँ घायल शिशु बोकेकी महिला एउटा कुनामा ल्याप्चे
लगाई आँशुले निथ्रुक्क भिजेको कागजमा देख्छे,
मानसिक सन्तुलन गुमाएको कारणको सम्बन्ध
बिच्छेद ।।

यो शहर हो,
यहाँ पढेका आफन्तहरु आनन्द मानेर नारी हिंसा
हेरीदिन्छन,
संस्कारका नाममा आफ्ना रंग हर प्रहर फेरीदिन्छन,
फाइदा हेरी हेरी निएम परीवर्तन गरि दिन्छन,
फेरि आफ्नो सन्तानलाई केही नहोस भन्दै
मन्दिरका घन्टी बेजोडले ठोकी हिंड्छन,
छैन तिनलाई संकोच,
अर्काको छोरीले पल पल आँसु संग जीवन साटेको,
आन्तरिक पिडाले सताई मर्न आँटेको!!

आफ्नो घर आफैं बनाउने हो भन्छन,
शहरीया मानिस,
फेरि घर भित्रकैले बज्र हानेको आनन्द मानी
हेरीदिन्छन,
केबल मन जित्न सकिन्छ,
देखावटी पनले,
कुविचारी भए पनि निकि हुन्छे कुनै नारी
केबल दिन सके धनले।।

यो शहर हो,
यहाँ शिक्षालयहरु टोलटोलमा खुलेका छन,
शिक्षा प्रदान गर्नेहरु कलम र किताब संग
जीवन साटिरहेछन,
निर्लज्ज र कठोर बिध्यालय प्रशासक,
अभिभावक र
बिध्यार्थीको पोस्टर झुन्डाई व्यापार उन्नत बनाइरहेछन!!

इमान्दार कर्मचारीलाई अलिकती तलब थप्न
हिच्किचाउने बिध्यालय साहुको
आज ठूलो पत्रीकामा फोटो छापिएको छ,
उसले ठूलो समाज सेविको तक्मा पाएको रहेछ ।।
माइकमा बोल्दै थियो,
यो देशको बिकासमा शिक्षण पेशाको
ठूलो योगदान छ,
बिध्यालय, शिक्षक र बिध्यार्थी हाम्रा ठुला गहना हुन,
भोलि पल्ट बिहानै एउटा शिक्षकले
बिदा माग्दै रहेछ,
सर गाउँमा हजुरबा बित्नु भयो बिदा पाउँ,
उस्ले झर्केर करायो,
तिमी जस्ता सर्टिफिकेट धारी यो शहर भरी छन
जाउ तर अब फर्केर न आउ !!

त्यसैले यो कंकृटको
शहरमा मान्छेले टेके पछि अस्थिपन्जर
भएर मात्र फर्किन्छ आफ्नो जीवन,जवानी र
समय लुटिएपछी ।।

यो शहर हो,
घर छेउमै बसेकी छोरी जोडले हुइकिन्छे
माइत तिर,
मिठाई र फलफुल बोकेर !!
माइत पुग्दा संवाद सुनिन्छ,
पल्लो घरे कति भाग्यमानी,
बिदेश बोलाएर फलानाको छोरीले दुई सन्तान
हेर्न तीन महिनाको भिसा पठाइछ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।