फैलाउनु छ सुगन्ध संसार भरी,
कहिले नथाक्ने तिमी धन्य नारी,
पिडामा अन्तर्मनको इशलाई पुकारी,
तिमी हौ इमान र सत्यकी पुजारी ।।
रुझेर सधैं पसिनाको बर्सातमा,
पुछेर आँसु एकान्त बासमा,
सन्तानको पिर र जिवनको तापमा,
सकेको छौ जीवन अग्नि र प्रकाशमा ।।
बिभेदको विष पिएर पनि हाँस्छौ,
जागरणको बिज दिएर बाँच्छेउ !!
लाग्दैन थकाई कहिले तिमीलाई,
आफ्नैहरुको बिरानो भइ ,
मेहनत र कर्मले जितेकी छौ लडाइँ ।।
दस औंला तिम्रा गर्छन् लाखौं काम,
न त खोज्यौ तलब न त छ विश्राम ,
घर र चुल्होकि बनेकी छौ परी,
नत कहिले सम्मान न त छन् सहेली ।।
पहराको भिरमा सुनगाभा बनी,
हिलो तलाउमा सुनकोमल बनी,
फुलि दिन्छौ तिमी,
कति मुस्कुराई,
पुष्प गुच्छाको प्रत्येक पत्र पत्रमा
दुःख लुकाई ।।
स्वजनले दिएको एक सानो मुस्कान,
दुर्जनले दिएको नमिठो घाउ,
समाजले दिएका अग्नि परिक्षा,
आफ्नैले दिएको आँशुको तलाउ,
बटुलेर सब आफ्नै शिरमाथि
धन्य तिमी श्रमजीवी नारी ।।
चाहना तिम्रा सबै मन भित्र,
कोरेकी छौ सब अरुकै लागि चित्र !!
खानामा दिनछौ अलौकिक स्वाद,
जुनि भरी गर्छौ, लुप्त श्रम,
नारी तिमी नै हौ धर्तिकै अपवाद ।।
जीवनदानगरि सृष्टिको गर्छौ पुजा,
निरन्तरताको दियो बालेर बस्छौ,
कर्मको बिगुल फुकेर बस्छौ,
आफ्नो अस्तित्व दाउमा लगाएर पनि
अविरल श्रमदान गर्ने तिमी प्रिय प्रकृति ।।