घटना जो घटिरहेछ

अनुवाद एरिक फ्रायड October 19, 2023, 3:44 pm

एरिक फ्रायड
एरिक फ्रायड
(कविता)

घटना घट्दै आएको हो

र, घटना घट्दै गइरहेको छ

र, घटना घटिरहनेछ बार-बार

यदि यसको विरुद्ध केही गरिएन भने !

स-साना बच्चाहरू केही जान्दैनन्

किनभने उनीहरू स-साना छन् !

गरिबहरू ध्यान दिँदैनन्

किनभने उनीहरू निकै गरिब छन् !

र, धनवान् कोही ध्यान दिइरहेका छैनन्

किनभने उनीहरू निकै धनवान् छन् !

मूर्खहरू खासै चासो दिइरहेका छैनन्

किनभने उनीहरू निकै मूर्ख छन्

र,बुद्धिमानहरू पनि खासै चासो दिइरहेका हुँदैनन्

किनभने उनीहरू निकै बुद्धिमान छन् !

युवायुवतीहरू यसप्रकारको कुराहरू प्रवाह गर्दैनन्

किनभने उनीहरू निकै युवा छन् !

र, वृद्धवृद्धाहरू यसप्रकारको कुराहरू गरेर चिन्तित हुन् चाहँदैनन्

किनभने उनीहरू निकै वृद्ध भइसकेका छन् !

यसकारण यसको विरुद्ध कहिल्यै केही हुँदैन,

र, यसकारण केही हुँदै हुँदैन

र, सधैँ यही भइरहन्छ

र, बार-बार भइरहनेछ यही !

अस्ट्रिया

अनुवाद: राजु झल्लु प्रसाद

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।