रवि र रञ्जना सानैदेखि चिरपरिचित थिए। एउटै गल्लीको धुलोमा खेलेका, एउटै विद्यालयको घण्टी सुनेका । एउटै कक्षामा बसेर भविष्यका सपना बुनेका। बाल्यकालमा उनीहरू साथी थिए । किशोर उमेरमा आत्मीय बने । समयसँगै त्यो आत्मीयता प्रेममा रूपान्तरण भयो । शान्त, गहिरो र शब्दभन्दा धेरै मौनमा बाँधिएको प्रेम
वि.सं. २०२२ चैत्र ५ गते पिता प्रेमनाथ नेपाल र माता खीनादेवी नेपालको कोखबाट जन्मिएका चूडामणि नेपाल 'अकिञ्चन' नेपाली साहित्यका एक बहुआयामिक र बौद्धिक सर्जक हुन् । राजनीतिशास्त्र र नेपाली विषयमा स्नातकोत्तर तथा कानुनमा स्नातक जस्तो सुदृढ शैक्षिक पृष्ठभूमि बोकेका अकिञ्चनका रचनाहरूमा समाजको गहिरो चिरफार र कानुनी एवं राजनीतिक चेतनाको समिश्रण पाइन्छ
भन्थ्यौ तिम्रो अन्तिम शब्द मेरो नाम हुनेछ; अन्तिम पटक मेरो नाम त लेख्यौ - तर सुसाइड नोटमा।
अहिले मेरो बास फलामका बारले घेरेको सानो अँध्यारो कोठाको थोत्रो बिछ्यौनामा छ। यस अगाडी कति जना अपराधी वा निर्दोष सुतेका थिए यो डस्नामा। अहिले यसको कपास डल्ला परेर सबतिर घोच्छ । यो डस्नामा पुरै हाम्रो समाज गनाउने
बाउलाई घाउ नलाई चुपचाप बसिरहेको थिएँ । कसरी भागेँ, त्यो थाहा भएन । तर भाग्दाभाग्दै आमाको गर्भमा पुगेँ । त्यहाँबाट कता भाग्नु ! चुपचाप बसेँ । नौ महीना जति बसेपछि त्यहाँबाट भागे । भाग्दाभाग्दै धर्तीमा आएँ ।
धर्तीमा आएपछि अर्तीको खाँचो नहुने रहेछ । अर्तीको भर्ती हुँदाहुँदै बाल्यकाल आधा काल भएर बित्यो
सामाजिक वैचारिक उपन्यास हो ग्रीष्मजा (२०७९) यो पल्लव साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कृति हो । नारी शक्तिका स्रोत हुन् । समाजमा तिनका विविध रूप देख्न सकिन्छ । आफ्नो मातृत्व र प्रेमका निम्ति समाजले निषिद्ध ठानेका गम्भीर प्रकृतिका कार्यमा पनि नारीले आफ्नो भूमिका प्रदर्शित गर्न सक्छन्
१. अनलाइन साहित्य : कतिको उचित कि कतिको अनुचित ?
नेपाली साहित्य पनि अब विकासको मार्गमा द्रूतगतिमा अघि बढेको छ। साहित्य पनि अब अफलाइन र अनलाइन प्रविधिबाट आउन थालेका छन्। अहिलेका युगमा कागजी पुस्तक र पत्रिकामा मात्र सीमित नरही अब समयको गतिसितै अनलाइन माध्यमबाट पनि साहित्य प्रकाशनको माध्यम बनेका छन्