चिरञ्जीवी दाहाल साहित्यिक क्षेत्रका बहुआयामिक व्यक्तित्व हुन् । उनी आफ्ना साहित्यिक सुकर्मले स्थापित भइसकेका छन् । उनी संस्मरणकार हुन्, आत्मकथाकार हुन्, आख्यानकार हुन् , हास्यव्यङ्ग्यकार हुन्, साथै मुक्तककार, गीतकार र गजलकार पनि हुन् । स्रष्टा द्रष्टा दुवै चेत भएका उनी कुशल समीक्षक पनि हुन्
जेन जी पुस्ताले रुचाएकी कुसुम नाम जस्तै कोमल थिइन्, जुनजस्तै उज्यालो थियो उनको अनुहार । चेहरा धपधप अँध्यारामा चम्किएको पारशमणी झै । उनका नयनमा बैँसालु लाली फुलेको, मनका आँकुराहरु लालुपाते फूलको आकर्षक झैं मोहित थिए । मानौं वसन्तका पलहरू उनकै दृष्टिमा सिंचित छन् ।
जेन जी (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको समूह ) पुस्ताकी कमाण्डर हुन् कुसुम
नेपाल कुनै समयमा विशाल थियो र यसको सीमाना पूर्व मेचीदेखि महाकाली मात्र हैन, पूर्वमा टिस्टा र पश्चिममा काँगडा पुगेको थियो भन्ने ऐतिहासिक सत्यले नेपालीला यति खुसी यति दिन्छ कि त्यसलाई नाप्ने कुनै मापन छैन । तर, जब जब नेपालको ऐतिहासिक सीमाको कुरा आउँछ, नेपालीहरू वीर भावले रौँ ठाडा ठाडा बनाएर माधव घिमिरेको “पश्चिम किल्ला काँगडा, पुर्वमा टिस्टा पुगेथ्यौँ …..कहिले हामी झुकेथ्यौँ” जस्ता राष्ट्र गीत गाउन थाल्छन्
बादल चाम्लिङको जन्म २०३३ सालमा साबिकको यासोक गाविस –९, खाल्डे, (हालको कुम्मायक गाउँपालिका –१, पाँचथर) मा भएको हो । ‘म भकुण्डोझैँ बजारिरहेको छु’ शीर्षकको कविताबाट नेपाली साहित्याकाशमा उदाएकी बादलका पाठेघर (कवितासङ्ग्रह) –२०७४ र वीर्य जमीन (कवितासङ्ग्रह) –२०७६ र चेकेदेम राजारानीको दरबार (कथासङ्ग्रह) –२०८१ गरी तीनओटा विधा साहित्यका कृति प्रकाशित भएका छन्
रमेश भूषालको छालबाटो (कैलाशदेखि गङ्गासम्म–२०८२) गैरआख्यानको सद्य प्रकाशित कृति हो । फाइन प्रिन्टद्वारा प्रकाशित यस कृतिमा ‘खुसीको उपत्यका’देखि गङ्गातिरसम्म’ जम्मा १० परिच्छेदहरू छन् । यिनैमध्ये एक परिच्छेदको शीर्षक छ – ‘छालबाटो’ । यसै नाममा पूरै कृतिको शीर्षकीकरण गरिएको छ ।
छालबाटो नामकरण सम्बन्धमा विचार गर्दा नदी किनारको नदीको छालले कुरूप बनाउने अप्ठ्यारो बाटोलाई ‘छालबाटो’ भनिँदो रहेछ, जहाँ अधिक गेग्रानहरू पनि हुन्छन्
मेरी पूज्यपाद स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबै भन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी बुत्याएको कुरा देखिँदैन । तैपनि उहाँ बढी खाने खन्चुवाहरूलाई उसको अघिपछि कुनै बेला कस्तो अगस्ति रहेछ भन्नुहुन्छ