15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मणिपुरबाट प्रकाशित गजलसंग्रह 'पूर्णिमाको जून' एक अध्ययन

कृति/समीक्षा नवीन पौड्याल June 19, 2022, 2:36 am

नवीन पौड्याल नेपाली साहित्यमा गजल अब लोकप्रिय, रूचिकर र सुपाठ्य विषय बन्नपुगेको छ। गजलमा मूल रूपमा प्रेम – प्रितीका विभिन्न भावलाई व्यक्त गर्ने माध्यम मात्र नभई सबै विषयमा लेखिने गरिन्छ। कविता लेखनका क्रममा गजल फस्टाउनका निम्ति केही कारण छन्। सर्वप्रथम त वर्तमान समय र अवस्थामा देश र समाजमा आएको सामाजिक, आर्थिक, राजनैतिक विकृतिलाई तेजधारले व्यङ्ग्य कस्नका निम्ति सबैभन्दा बलियो साधन गजल बनेको छ


शीतलको अनुकरणीय सुगन्ध यात्रा

कृति/समीक्षा बालकृष्ण लामिछाने June 19, 2022, 2:33 am

बालकृष्ण लामिछाने १. सन्दर्भ
बहिर्मुखी स्वभाव भएको हाम्रो एउटा साथी मनमा केही कुरा नराखी बोल्ने गर्थ्यो । ऊ कुनै कुराको यस्तो वर्णन गर्दथ्यो कि हामी सबै रमाइलो मानेर सुन्ने गर्थ्यौँ । उसको धेरैजसो कुरा गराइ उसकै आफ्नी प्रेमिकाको प्रसङ्गमा हुने गर्थ्यो । ऊ तिनै प्रेमिकासँग अर्को साल विवाह गर्ने योजनामा रहेको कुरा पनि सुनाउँथ्यो


रक्तदान शिविर

हास्यव्यङ्ग्य कृष्ण प्रधान June 19, 2022, 2:31 am

कृष्ण प्रधान रक्तदान शिविर ।

आयोजन संस्थाका भोलियण्टरहरू देब्रे छातीमा क्वार्टर प्लेटजस्तै ब्याज सिउरेर दुगुरा-दुगुर गरिरहनेछन् । एउटा महाउत्सव ।

लस्करै पलङहरू सेता च्यादर र सैते सिरानीमा मस्त भएर रक्तदाताहरूलाई कुरिरहेका छन् । एकजना विराट साइजका मान्छे लमतन्न परेको देखिँदैछ । तिनको शारीरिक भाषा हेर्दा काटाकुटी यूरियाले भेटेको लौकाजस्तै देखिन्छ


नेपाली विषयमा सिकाइ स्तर बढाउने नवीनतम तरिका

विचार नन्दलाल आचार्य June 19, 2022, 2:28 am

नन्दलाल आचार्य १. परिचय
राज्यको ठूलो लगानी सरकारी विद्यालयमा छ । कतिपय स्थानमा आर्थिक दुरावस्था र धेरै जसो ठाउँमा कमजोर शैक्षणिक कार्यकलाप, अनुगमन, मूल्यांकनले गर्दा अपेक्षित प्रतिफल हात पार्न सकिएको छैन । विद्यालयले समयको माग अनुरूपको शिक्षा शिक्षा दिन नसकेको गुनासो सर्वत्र विद्यमान छ ।
शैक्षिक सामग्रीको सवालमा पनि ‘अड्को पड्को तेलको धूप’ नै गर्नुपरेको छ


नसोध है गरिमा !

कथा नन्दलाल आचार्य June 15, 2022, 12:41 pm

नन्दलाल आचार्य म हातमा बन्दुक मनमा कर्तव्य बोकेर कम्ब्याक्ट पोसाकमा खडा थिएँ । यसै गरी उभिएको सात वर्ष वितिसकेको थियो । उभिनु, केवल उभिनु मेरो एक मात्र गन्तव्य थियो । आउनेजानेको अनुहार नियाल्नु र अनुभूत भएका कुराहरू मनमै कुहाएर केवल खडा हुनु नै मेरो डियुटीको आदर्श बनेको थियो ।
आफू माथिका अफिसर आए स्यालुट गर्नु, समकालीन भए मुसुक्क हाँस्नु, बाहिरका भए टुलुटुलु हेर्नु मेरो दैनन्दिनी थियो


कवि मोहन जोशीको ‘कहाँ छ ठाउँ’

कृति/समीक्षा प्रा.डा.वासुदेव त्रिपाठी June 11, 2022, 3:03 pm

प्रा.डा.वासुदेव त्रिपाठी प्रा.डा. मोहनप्रसाद जोशी (वि.सं.२०१४, काठमाडौँ) पेशाले स्वदेश–विदेशमा लामो समयसम्म कार्यरत वरिष्ठ चिकित्साशास्त्री र चिकित्साकर्मी हुुनुहुुन्छ र उहाँले नेपाली कवितातर्फ गहिरो सृजनात्मक रुचि राखी रच्नुभएको प्रस्तुत ‘कहाँ छ ठाउँ’ नामक कवितासङ्ग्रह पनि मानवीय पूर्ण सुस्वास्थ्यका निम्ति अपरिहार्य आध्यात्मिक जीवनमूल्यका प्राप्तितर्फ मुख्यतः परिलक्षित एक उत्कृष्ट आध्यात्मिक कवितावली वा काव्य हुन आएको मैले अनुभव गरेँ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित