नेपाली साहित्यमा गजल अब लोकप्रिय, रूचिकर र सुपाठ्य विषय बन्नपुगेको छ। गजलमा मूल रूपमा प्रेम – प्रितीका विभिन्न भावलाई व्यक्त गर्ने माध्यम मात्र नभई सबै विषयमा लेखिने गरिन्छ। कविता लेखनका क्रममा गजल फस्टाउनका निम्ति केही कारण छन्। सर्वप्रथम त वर्तमान समय र अवस्थामा देश र समाजमा आएको सामाजिक, आर्थिक, राजनैतिक विकृतिलाई तेजधारले व्यङ्ग्य कस्नका निम्ति सबैभन्दा बलियो साधन गजल बनेको छ
१. सन्दर्भ
बहिर्मुखी स्वभाव भएको हाम्रो एउटा साथी मनमा केही कुरा नराखी बोल्ने गर्थ्यो । ऊ कुनै कुराको यस्तो वर्णन गर्दथ्यो कि हामी सबै रमाइलो मानेर सुन्ने गर्थ्यौँ । उसको धेरैजसो कुरा गराइ उसकै आफ्नी प्रेमिकाको प्रसङ्गमा हुने गर्थ्यो । ऊ तिनै प्रेमिकासँग अर्को साल विवाह गर्ने योजनामा रहेको कुरा पनि सुनाउँथ्यो
रक्तदान शिविर ।
आयोजन संस्थाका भोलियण्टरहरू देब्रे छातीमा क्वार्टर प्लेटजस्तै ब्याज सिउरेर दुगुरा-दुगुर गरिरहनेछन् । एउटा महाउत्सव ।
लस्करै पलङहरू सेता च्यादर र सैते सिरानीमा मस्त भएर रक्तदाताहरूलाई कुरिरहेका छन् । एकजना विराट साइजका मान्छे लमतन्न परेको देखिँदैछ । तिनको शारीरिक भाषा हेर्दा काटाकुटी यूरियाले भेटेको लौकाजस्तै देखिन्छ
१. परिचय
राज्यको ठूलो लगानी सरकारी विद्यालयमा छ । कतिपय स्थानमा आर्थिक दुरावस्था र धेरै जसो ठाउँमा कमजोर शैक्षणिक कार्यकलाप, अनुगमन, मूल्यांकनले गर्दा अपेक्षित प्रतिफल हात पार्न सकिएको छैन । विद्यालयले समयको माग अनुरूपको शिक्षा शिक्षा दिन नसकेको गुनासो सर्वत्र विद्यमान छ ।
शैक्षिक सामग्रीको सवालमा पनि ‘अड्को पड्को तेलको धूप’ नै गर्नुपरेको छ
म हातमा बन्दुक मनमा कर्तव्य बोकेर कम्ब्याक्ट पोसाकमा खडा थिएँ । यसै गरी उभिएको सात वर्ष वितिसकेको थियो । उभिनु, केवल उभिनु मेरो एक मात्र गन्तव्य थियो । आउनेजानेको अनुहार नियाल्नु र अनुभूत भएका कुराहरू मनमै कुहाएर केवल खडा हुनु नै मेरो डियुटीको आदर्श बनेको थियो ।
आफू माथिका अफिसर आए स्यालुट गर्नु, समकालीन भए मुसुक्क हाँस्नु, बाहिरका भए टुलुटुलु हेर्नु मेरो दैनन्दिनी थियो
प्रा.डा. मोहनप्रसाद जोशी (वि.सं.२०१४, काठमाडौँ) पेशाले स्वदेश–विदेशमा लामो समयसम्म कार्यरत वरिष्ठ चिकित्साशास्त्री र चिकित्साकर्मी हुुनुहुुन्छ र उहाँले नेपाली कवितातर्फ गहिरो सृजनात्मक रुचि राखी रच्नुभएको प्रस्तुत ‘कहाँ छ ठाउँ’ नामक कवितासङ्ग्रह पनि मानवीय पूर्ण सुस्वास्थ्यका निम्ति अपरिहार्य आध्यात्मिक जीवनमूल्यका प्राप्तितर्फ मुख्यतः परिलक्षित एक उत्कृष्ट आध्यात्मिक कवितावली वा काव्य हुन आएको मैले अनुभव गरेँ