19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कविताले सडक तताएका दिनहरू

संस्मरण/स्‍मृति कृष्ण श्रेष्ठ June 11, 2026, 9:24 am

कृष्ण श्रेष्ठ बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु ?
यो घर जहाँ म बस्छु यो भित्ता चर्किँदैछ
सायद यो ढल्नलाई भैँचालो पर्खिँदैछ
छोरो आफैँ बनाउला उसलाई चाहिने घर
गर्दै होला ऊ अहिले भैंचालो ल्याउने तर्खर ... ...
(‘कसरी भनूँ म बाँचेँ’ बाट)
काठमाडौँको नयाँसडक, पिपलबोटबाट ‘सडक कविता क्रान्ति’ भएको अर्धशताब्दी पुग्न पनि अब त गोटा तिनेक वर्ष मात्र बाँकी छ


झुक्किएका सपनाहरू: रोजगारीबाट बाल्कन

कथा बिजु सुवेदी विजय June 11, 2026, 9:14 am

बिजु सुवेदी विजय पूर्वका डाँडाहरूले घामलाई ढिलो गरी छोड्ने सिन्धुपाल्चोकका हरिया पहाडहरूबाट सुरु भएको यो यात्रा कहिल्यै टर्कीको घना जंगल, ग्रीसका भीरहरू, अल्बानिया-मोन्टेनेग्रोका अन्धकारपूर्ण पहाडहरू हुँदै इटलीको ट्रिएस्टे शहरको चिसो घाँसमा आएर रोकिँदैन । यो यात्रा त केवल भूगोलको होइन, सपनाको हो


जब घमण्ड चुक्यो

कथा बद्री अधिकारी June 11, 2026, 8:56 am

बद्री अधिकारी असारको साँझ थियो। काठमाडौंको आकाशभरि वर्षाका काला बादल गुम्सिएका थिए। दिनभरि परेको झरी केही रोकिएको जस्तो लागे पनि सडकहरू अझै भिजेका थिए। बिजुलीका खम्बाबाट पानीका थोपा टपटप झरिरहेका थिए। पसलका साइनबोर्डहरू पानीमा धमिला चम्किरहेका थिए। सडकभरि गाडीका टायरले पानी उछिट्याउँदै हतारका आवाज निकालिरहेका थिए


ज्यानमाराको छोरा

कथा रमाकान्त शर्मा June 11, 2026, 8:52 am

रमाकान्त शर्मा सधै जसो जिल्ला प्रहरी कार्यालयमा मान्छेको भिडभाड,कल्याङ्मल्याङ् । ढोकाबाट भित्र छिर्ने वित्तिकै छेवैमा सेतो वोर्डमा सबैको नजर परिहाल्छ । वोर्डको सिरानमा कालो मार्करले लेखिएको छ थुनुवाहरुको विवरण । त्यसको लगतै क्रम संख्या, नाम, ठेगाना, मुद्दा, हिरासतमा रहेको मिति भनेर लेखिएको छ। मुद्दामा सबै भन्दा बढी सवारी दुर्घटना, त्यस पछि क्रमस चोरी, जक, ज्यान मार्ने उद्योग, कुटपिट यस्तै यस्तै देखिन्छ


प्रेतकल्पः साहित्य, इतिहास र चेतनाको संगम

कृति/समीक्षा तोमनाथ उप्रेती June 11, 2026, 8:43 am

तोमनाथ उप्रेती १. विषय प्रवेश
नारायण ढकाल (जन्म २०१०, काठमाडौं) नेपाली साहित्यका एक सशक्त प्रगतिवादी उपन्यासकार, कथाकार, कवि र निबन्धकार हुन्। उनले पत्रकारिता र राजनीतिसँगै साहित्यलाई सामाजिक चेतना अभिव्यक्त गर्ने माध्यम बनाएका छन्। उनका कृतिहरूमा वर्गीय संघर्ष, जातीय विभेद, सामाजिक अन्याय र ऐतिहासिक यथार्थको चित्रण पाइन्छ


भ्रमभङ्ग

लघुकथा खगराज बराल June 11, 2026, 8:40 am

खगराज बराल चिया पसल असामान्य रूपमा भरिएको थियो । चियाका गिलास र बहसका विषय फेरिँदै थिए, तर एउटा विषय भने अडिग थियो— संस्कृति ।
"यसरी त हाम्रो मौलिकता नै हराउँछ," एक युवाले मोबाइल चलाउँदै भन्यो ।
"सरकारले जोगाएन, नयाँ पुस्ताले मानेन," अर्को स्वर थपियो ।
"देशको सांस्कृतिक क्रमभङ्ग भइसक्यो," कसैले निष्कर्ष सुनायो

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित