पृष्ठभूमि:
नेपालबाट नेपालीहरुको पलायनको इतिहासको थालनी नेपालबाट नेपालीहरुको पलायनको इतिहासको थालनी सिद्धार्थ शाक्यमुनि (गौतम बुद्ध) बाट शुरु भएको भन्दा अतिशयोक्ती नहोला . गौतम बुद्धले जीवनको वास्तविक सत्य र दर्शन थाहा पाउन करिब २९ वर्षको उमेरमा (ईसा पूर्व करिब ५६३–५३४) राजदरबार छोडेर गएका थिए
मलाई यात्रा गर्न खुब मनपर्छ। त्यसैले कुनै अवसर जुर्यो भने त्यसै जान दिन्न। देशका विभिन्न राज्यको भ्रमणसँगै नेपालका पनि पूर्वदेखि सुदूरपश्चिमसम्मका प्रदेशहरूको भ्रमणमा धेरैपटक पुगियो। तर, धेरैजसो साहित्यिक भ्रमण थिए ती सबै। पहिलेबाटै धेरैचोटी पुगेको पूर्वोत्तर भारतको असम राज्य यसपटक पहिलोपटक भारत सरकारको पत्र सूचना कार्यालय (पीआईबी), असमद्वारा आयोजित ‘प्रेस टुर’-मा जाने अवसर थियो
‘धमिराको देवल’ निबन्धसङ्ग्रह निबन्धकार बोधराज पौडेलको तेश्रो मौलिक कृति हो । नेपाली भाषा र साहित्यिमा सक्रिय कवि, निबन्धकार एवम् पत्रकार पौडेल सामाजिक जीवनमा घटेका नवीनतम र समकालीन विषयबस्तुलाई जस्ताको तस्तै कलात्मक रुपमा प्रस्तुत गर्ने निबन्धकार हुन् । उनका यसअघि बगर र काँसहरू (कवितासङ्ग्रह–२०७५), सोकेसको ऐना (निबन्धसङ्ग्रह–२०७८) र धमिराको देवल (निबन्धसङ्गह–२०८२) प्रकाशित कृति हुन्
साहित्यमा करिब ४१ वर्षको अनुभव बटुलिसकेका साहित्यकार, लेखक, कवि तथा अध्ययेता कृष्ण बजगाईंको २५ औं साहित्यिक कृति र छैटौ नियात्रा सङ्ग्रहको रुपमा ‘लन्डिनियम’ नामक कृति भर्खरै बजारमा आएको छ । साहित्यकार बजगार्ईंले नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्य जस्ता नेपाली भाषा वाङ्मयका विधामा ससक्त कलम चलाइरहेका छन्
२०१५ जुलाई १६ को बिहान वासिङ्टन डीसी हल्का निलो आकाशले ढाकिएको थियो। गर्मीको मौसम भए पनि बिहानको हावा शान्त र सहज थियो। त्यही दिन म अफ्रिकाको ग्याबोन देशतर्फ प्रस्थान गर्दै थिएँ। लामो उडान भएकाले Air France को A380 बिजनेस क्लासको टिकट पाउनु यात्राको सुरुवातमै एउटा राहत थियो। विमानमा चढेपछि फराकिलो सिट, शान्त केबिन र व्यवस्थित सेवाले मनलाई हल्का बनाइदियो
मेरो हातमा साहित्यकारद्वय पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिँहद्वारा संयुक्त रूपमा लेखिएको अत्यन्त महत्त्वपूर्ण कृति“ पाल्पामा नेपाल भाषा साहित्यको इतिहास" नाम गरेको सुन्दर कृति छ । म निकै तन्मयका साथ यो पुस्तक अध्ययन गरिरहेको छु । पाल्पा नामसँग मेरो पूरानो र आत्मिय सम्बन्ध छ