19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'लन्डिनियम'भित्र बजगाईंका अनुभूति

कृति/समीक्षा मुरारीराज मिश्र January 15, 2026, 12:06 am

मुरारीराज मिश्र दिनहुँ हजारौं मानिसहरू विभिन्न ठाउँको भ्रमणमा जाने गर्छन् । अधिकांश मानिसले भ्रमणबाट प्राप्त गरेका अनुभव केवल उनीहरूमा मात्रै सिमित रहन्छ भने, केहीका अनुभवले मात्रै कृतिको रुप धारण गरी आम पाठकलाई समेत लाभान्वित गराउँछन् ।

त्यस्तै साहित्यकार मध्ये कृष्ण बजगाईं पनि एक हुन् । घुमन्ते स्वभावका उनको सकारात्मक पक्ष भनेको आफ्नो भ्रमणको स्वाद आफूमात्रै नलिई आम पाठकलाई समेत चखाउनु हो


चेतनाको उचाइ

निबन्ध पुण्य कार्की January 15, 2026, 12:04 am

पुण्य कार्की मान्छे कुनै न कुनै रुपको उचाइमा बस्न मन पराउँछ । सायद आदिमयुगमा पनि भुइँ छोडी रुख चढेर बस्ने चेतना उचाइमा बस्ने चाहनाबाट निसृत भएको हुँदो हो । पछि घर बनाएर बस्नथालेपछि पनि भुइँघर भन्दा टाँढेघरतर्फको रुचि बढ्नुमा पनि उचाइमा रहने आकाँक्षाबाट प्रेरित भएको हुँदो हो । उचाइका तरेलीहरु किसिमकिसिमका छन्


भ्यूटावर

लघुकथा दिव्य गिरी January 14, 2026, 12:46 am

दिव्य गिरी देशमाभरमा सबैभन्दा अग्लो र पहिलो भ्यूटावरको निर्माण सम्पन्न भयो । त्यसको उद्घाटन गर्ने शुभ-मुहुर्तको दिन पनि अायो । पर्यटन मन्त्री, मन्त्रीका आसेपासे र भ्यूटावर निर्माता कम्पनीको ठेकेदारसमेतको एउटा झुन्ड निकै हर्षोल्लासकासाथ उद्घाटन समारोहमा उपस्थित भए ।

मन्त्रीबाट विधिवत भ्यूटावरको उद्घाटन भयो


को बलवान् ?

निबन्ध डा. टीकाराम पोखरेल January 12, 2026, 4:18 pm

डा. टीकाराम पोखरेल मान्छे शक्तिशाली कि समय ? के प्रकृति र समयलाई मान्छेले जित्न सक्छ ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । उत्तर नभएको पनि होइन । तर तरबार बलियो कि कलम ? ज्ञान र विज्ञान कुन ठूलो ? अध्यात्मवाद ठूलो कि भौतिकवाद ? बल ठूलो कि बुद्धि ठूलो ? भनेर डमी विषय खडा गर्दै विद्यार्थीलाई वादविवाद गराएर जसले जुन पक्षमा तर्क गर्न सक्छ त्यही ठूलो भने जस्तोे डमी बहस पनि यो होइन


साहित्यमा पुरस्कारको तरङ्ग

विचार नवीन पौड्याल January 12, 2026, 4:15 pm

नवीन पौड्याल साहित्यकार मूलतः दुई प्रकारका हुन्छन्- स्रष्टा र द्रष्टा। स्रष्टाले सिर्जना गरेको सिर्जित रचनालाई द्रष्टाले देखेर त्यसको समीक्षण मूल्याङ्कन गर्दछ। अझ त्यस रचनालाई पर्गेलेर केस्रा केस्रा केलाएर त्यसका विभिन्न पक्षहरूको निरीक्षणसमेत गर्दछ। स्रष्टा भनेको ब्रह्म हो, निर्माता हो। संसार र समाजका दृष्ट र अदृष्ट कुराहरूलाई देखेर त्यसभित्रका कमी-कमजोरी केलाउने गर्दछ


जनप्रवाह

कथा बिजु सुवेदी विजय January 12, 2026, 4:11 pm

बिजु सुवेदी विजय (प्रकृतिको बहाव → चेतनाको विस्तार → जनताको विशाल मार्च → उत्कर्ष)

कुनै पात्र छैन, कुनै संवाद छैन, कुनै राजनीति छैन । केवल प्रकृति छ— जसको बहावबाट पछिका सर्बत्र बगिरहेको अनुभूति दिइरहेको थियो । हो, यो प्रकृतिको वहाव नै थियो ।

प्रकृति मेरुदण्ड हो । बिहान आफैँ आइपुग्दैन— रातलाई बिस्तारै पछाडि धकेल्दै आउँछ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित