“मेरो लौरो त छोडिएन ?” नारायणी पुल तरेर गैँडाकोट पुग्न लाग्दा बा बोल्नुभयो । बाको बोलीले एम्बुलेन्सको तिव्र गतिलाई पनि उछिन्दा एक मन त हर्षित थिएँ म ।
पाइरैमा हावाले बटारेर समात्ने हत्ता जस्तो बनेको कटबाँसको लौरो बाको प्रिय थियो । भित्र बाहिर गर्न वा गाउँघरतिर हिँडडुल गर्न बाको साहस वा सहारा भएको थियो यो लौरो
प्रा.डा. नारायण प्रसाद खनालको निबन्धसङ्ग्रह “ चर्किएको घाउ बिर्सिएका पल - २०८१ " त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी (व.सु. पू) ले भर्खरै मात्र प्रकाशन गरेको छ । यो कृति उनका वि. सं. २०५३ साल भरीका हरेक दिनका दैनिकीहरू समावेश गरिएको सङ्ग्रह हो । जसमा कुनै दिनको पनि लेखोट छुटाइएको छैन । यसरी नियमित रूपमा दैनिकी लेख्नु र सङ्ग्रह गर्नु चानचुने कुरा होइन
एकजना गाई-गोरु चराउने युवकले घर छोडेको यस्तै एक दशक नै भइसकेको छ। उसको दिनचार्य जङ्गलमा गाई-गोरुहरू चराएर नै बित्ने गर्दछ। ऊ ठान्छ कि गरिबको कोही हुँदैन, हुन्छ भने मात्रै दु:खै-दु:ख।
एक रात निद्रा नलागेर छट्पटाइरहेको बेला एउटा गोरु नयाँ खेतबारीमा पसेर जथाभाबी कुद्न थाल्छ। त्यो दृश्य देख्नबित्तिकै उसलाई भित्रैबाट झनक्क रिस उठेर आउँछ
चितवनमा रहेर साहित्य साधना गर्ने चर्चित साहित्यकारहरूमध्ये लोकविख्यात साहित्यकार हुन्- प्रा कपिल अज्ञात । उनी सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले अग्रपङ्तिमा देखिने साहित्य साधक हुन् । हालै मलाई भैरव वाङ्मय प्रतिष्ठान चितवनबाट प्रकाशित उनको उन्डाइसौं कृति 'भुमरीको बतास' ( कवितासङ्ग्रह , २०८१ ) हस्तगत भएको हो
मेरा घरका गमलामा केही थरिका फूल फुलेका छन् र केही नयाँ बिरुवाहरू रोपिएका पनि छन् । गमलामा फूल रोप्ने मेरो सोख छैन । त्यसले मेरो दरिद्र जीवनमा कुनै फाइदा पु¥याउँदैन र त्यसलाई चाकर गरेर मलाई कुनै लाभ छैन भन्ने मेरो आफ्नो मान्यता छ । यस्ता फूलहरू फुलाउनु र यसमा खर्च गर्नुमा मेरो सोख उति नभए पनि यस्ता बिरुवा रोप्ने र हुर्काउने सौख मेरी सहधर्मिणीमा उहिल्यैदेखि आएको देखेको छु
चिरञ्जीवी दाहाल मेरा लागि भौतिक रुपमा परिचित थिएनन् । मलाई माया गर्ने आदरणीय ब्यक्तित्व प्रा. कपिल अज्ञातले एक दिन फोन गर्नु भयो, “सञ्जीव जी, तपाईँको ’छोटु’ जस्तै सारै पीडादायी र यथार्थ आत्मकथा दुई वर्ष अगाडि नै प्रकाशित भएको छ, पढ्नुहोला ।” मैले पनि सुनेको छु सर तर पढेको छैन, अवश्य पढ्ने छु भनेँ